कैलालीको धनगढीमा एक व्यवसायी मृत भेटिए 



धनगढीः कैलालीको धनगढीमा एक व्यवसायी मृत अवस्थामा फेला परेका छन्। धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका नरेश धामी शिवपुरी जङ्गलमा मृत फेला परेका हुन।

उनी कात्तिक ३ गते सोमवार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय, कैलालीले उनी धनगढी उपमहानगरपालिका–४ शिवपुरी जङ्गलमा मृत फेला परेका बताएको छ। उनी जङ्गलमा मृत फेला परेका भएपनि कारण खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान गरिरहेको बताएको छ। सोमवार नै काठमाडौँबाट धनगढी फर्किएका धामी साँझ कोठाबाट अकस्मात् बेपत्ता भएको बताइएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि