अत्तरिया: कैलालीमा हिजो दु:खद घटना घट्यो। जिल्लाको जानकी गाउँपालिका–१ गुजुरुवामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको हो।
शुक्रबार दिउँसो कुलरैया नहरमा पौडी खेल्ने क्रममा तीन बालिका डुबेका थिए। डुबेका बालिकामध्ये जानकी गाउँपालिका–१ गुजुरुवाकी १२ वर्षीया डम्मरा उपाध्याय, लम्कीचुहा नगरपालिका–३ व्यवस्थितपुरकी १० वर्षीया मानसी बजगाई र निशा बजगाईलाई स्थानीय र प्रहरीले बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि टिकापुर अस्पताल पुगाएको थियो।
तर उपचारको क्रममा दिउँसो चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। मृतक बालिकाहरूको शव पोष्टमार्टमका लागि टिकापुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
मृतक बजगाई दिदीबहिनी हुन्। टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा बस्ने बजगाई दिदीबहिनी तिहारको बेला मामाको घर गएकी थिइन। सुलोचना बजगाईकी मामाकी छोरी हुन्। बजगाई दिदीबहिनी जनजागृति मावि टीकापुरमा कक्षा ५ मा अध्ययनरत थिइन।








प्रतिक्रिया दिनुहोस