अत्तरिया: कैलालीमा खैरोहेरोइनसहित एक जना युवक पक्राउ परेका छन्।
जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारीको पिकनिक स्थलबाट लम्कीचुहा नगरपालिका–३ चिसापानी का २६ वर्षीय गोविन्द बिष्ट शनिवार खैरोहेरोइनसहित पक्राउ परेका हुन्।
बिष्टलाई ७१० मिलिग्राम खैरोहेरोइनसहित इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस