अत्तरिया: कैलालीमा श्रीमतीको हतौडा प्रहारबाट गम्भीर घाइते भएका श्रीमानको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–३ लकडमा शनिबार राति घरायसी विवादका क्रममा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान लखनलाल कठरियालाई हतौडा प्रहार गरेकी हुन।
हतौडा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख खगेन्द्रबहादुर साउँदका अनुसार घटनास्थलबाट प्रयोग गरिएको हतौडा बरामद गरिएको छ। आरोपी श्रीमतीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको उनले बताए।








प्रतिक्रिया दिनुहोस