कैलाली र कञ्चनपुरबाट एक किशोरी र तीन जना युवक लागूऔषधसहित पक्राउ 



अत्तरिया: कैलाली र कञ्चनपुरबाट एक किशोरी र तीन जना युवक लागूऔषधसहित पक्राउ परेका छन्। हिजो साझ कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरबाट धनगढी-१७ का २२ वर्षीय हरी चौधरी र गोदावरी नगरपालिका-९ का ३३ वर्षीय प्रविन राना ३ ग्राम ३२० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन।

दुवै जनालाई वडा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उता कन्चनपुरको भीमदत्त नगरपालिका-४ स्थित बजारमा लागुऔषधको कारोवार भइरहेको छ भन्ने सुचनाको आधारमा भीमदत्त-१५ का २८ वर्षीय अरुण चन्दलाइ ५२ मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ।

उनलालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै भीमदत्त नगरपालिका-१८ जानकी टोलबाट सोही ठाँउ बस्ने एक किसोरीलाई पनि ५ मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट १ ग्राम २४ मिलिग्राम चरेश समेत बरामद गरिएको बताइएको छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि