कञ्चनपुरमा वनबाट लखेटिए आरक्षपीडित 



महेन्द्रनगर: कञ्चनपुरमा वनबाट आरक्षपीडित लखेटिएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–१ को जयशंकर सामुदायिक वन कब्जा गरेर बसेका पीडितलाई स्थानीय प्रशासनसहित सुरक्षा निकायले हटाएपछि उनीहरू प्रशासन कार्यालयमा धर्ना बसेका हुन्।

सरकारले पुनस्र्थापना गर्न नसक्दा खाली जमिन भएको ठाउँमा बस्दा प्रहरी प्रशासन लगाएर उठाउने गरेको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।

आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले विस्थापितको पुनस्र्थापना गर्न नसक्ने सरकारले फेरि पीडितमाथि अन्याय गरेकाले प्रशासनमा धर्ना दिएको बताए। साढे दुई दशकअघि विस्थापित पीडितहरूले कृष्णपुर नगरपालिका–१ पहरियास्थित जयशंकर सामुदायिक वनको जमिन कब्जा गरेका थिए।

संघर्ष समितिका सहसचिव भट्टले २४ वर्षदेखि सरकारले पुनस्र्थापना गर्ने आश्वासन दिएर झुलाएपछि आफूहरूले बाध्य भएर कुकाठवाला वनको जमिन कब्जा गरेर बसेको बताए। उनीहरूले गत २२ साउनदेखि महेन्द्रनगर, वाणी, ढक्कामा धर्ना दिएका थिए।

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले पुनस्र्थापनाका लागि जिल्लादेखि केन्द्रसम्म सघर्ष गर्दा पनि आफूहरूको न्यायका लागि कसैले चासो नदेखाएपछि बाध्य भएर जहाँ खाली छ, त्यहीँ बसेको, तर प्रहरी प्रशासनबाट अन्याय भएको दुखेसो पोखे।

संविधानमा हरेक नागरिकलाई भूमि तथा बसोवासको अधिकार भए पनि तत्कालीन सरकारले आफूहरूको उठिवास लगाएकाले अहिले आफ्नो अधिकारका लागि आफैँ लडेको उनीहरूको भनाइ छ। २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापितहरूको हालसम्म पुनस्र्थापना हुन सकेको छैन।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि