महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरमा जाँचबुझ आयोगका सदस्यलाई पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले ‘अपराधी’ भनेपछि हंगामा मच्चिएको छ।
जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारीमाथि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री रावल खनिएपछि हंगामा मच्चिएको हो।
आयोगका सदस्य भण्डारी कञ्चनपुरको अनुगमनमा थिए। केही स्थानीय तहको निरीक्षणपछि सदस्य, प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुखलगायतको टोली एमाले पोलिटब्युरो सदस्य समेत रहेका पूर्वमुख्यमन्त्री रावलको निवासमा पुगेको थियो।
२४ गते रावलको घरमा पनि तोडफोड, लुटपाट र आगजनी गरिएको थियो। आज टोली पुग्दा रावल त्यही थिए तर, दोहोरो कुराकानी भएन। निरीक्षण र अनुगमनपछि भीमदत्त नगरपालिकाको कार्यालयमा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजना गरिएको थियो।
जाँचबुझ आयोगका नाममा घाउमाथि झन् नुन थप्ने कार्य गरेको भन्दै आयोगका सदस्यमाथि रावलले आफै ‘बोक्सी आफै धामी’ भएको आरोप लगाए। ‘हु आर युरु पार्टी कार्यालय व्यक्तिका घर, राष्ट्रिय सम्पत्ति जलाउने, अपराधिहरुलाई कारबाही नगर्नेरु’ रावल कड्किए।
सदस्यले त्यसको प्रतिवाद गर्न खोज्छन्। रावल अझै जङ्गिन्छन् र स्टेजमै पुग्छन्। केहीबेर सदस्य र रावलको अंग्रेजीमै नोकझोक हुन्छ। ‘मेरो बालबच्चाको हालत देख्नु भएको छ अहिले नाटक देखाउन आउनु भएको’ स्टेजमै पुगेर रावलले कड्किँदै भन्छन्, ‘मेरो पार्टी कार्यालयमा आगो लाग्दा तपाइ के तमासा देखाउन आउनुभएको यहाँ?’
राज्यको तर्फबाट बडा नाटक देखाउन आउने भन्दै रावल झन् आक्रोशित भए।‘तपाइहरू अपराधी हो सदस्य भण्डारीलाई औला ढड्याउँदै’ उनी भन्छन्, ‘यहाँ कर्मचारी साथीहरूलाई थर्काउन आएको हो तपाइहरू। ’’रावलले राज्यको कोषको दुरुपयोग गरेको आरोप पनि सदस्यमाथि लगाए।
रावल र सदस्यबीचको नोकझोकले अन्तरक्रिया कार्यक्रम नै प्रभावित भएको थियो। जिल्ला समन्वय समितिले जिल्ला सभाको आयोजना गरेको थियो। त्यो कार्यक्रमबाट जिल्लाका सबै स्थानीय तहका प्रमुख उपप्रमुखहरू जाँचबुझ आयोगको छलफलमा बोलाइएको थियो।
बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुख, सुरक्षाकर्मी र केही कर्मचारीहरू उपस्थिति थिए। कार्यक्रम बहिस्कार गरेर निस्किएपछि रावलले भने, ‘निष्पक्ष छानबिन गर्ने हो भने स्वतन्त्र व्यक्तिहरूबाट आयोग बनाउनुपर्छ।








प्रतिक्रिया दिनुहोस