अत्तरिया: जुवाखालबाट कैलालीमा होटल सञ्चालकसहित ७ जना जुवाडे समातिएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका-७ पितमारीबाट ७ जना जुवाडे नगदसहित समातिएका हुन्।
दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका–१ घर भई हाल मोहन्याल गाउँपालिका–७ पितमारीमा ग्रिन सिटि होटल संञ्चालन गरि बसेका ३० वर्षीय लोकेन्द्रबहादुर शाहीले संचालन गरेको उक्त होटलभित्र जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक शाहीसहित ७ जना पक्राउ परेका हुन्।
शाहीसहित सातै जनालाई नगद १ लाख ७७ हजार एक सय ४५ र १२ गड्डी ताससहित इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनएको छ। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस