महेन्द्रनगर: कञ्चनपुरमा लागूऔषधसहित तीन जना युवक पक्राउ परेका छन्।
जिल्लाको बेलडाँडी गाउँपालिका–२ क्याम्प स्थित म २ प ३५६४ नम्बरको मोटरसाइकलका चालक बेलौरी नगरपालिका–९ अण्डैयाका २४ वर्षीय अरुण राना र मोटरसाइकल पछाडी सवार भीमदत्त नगरपालिका–१८ सालघारीका २५ वर्षीय शेखरप्रसाद जोशी पक्राउ परेका हुन।
यस्तै भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २० वर्षीय ज्ञानु पाली पनि लागूऔषधसहित पक्राउ परेका छन्। २ दशमलव २६ ग्राम लागूऔषध मोटरसाइकलसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।








प्रतिक्रिया दिनुहोस