अत्तरियामा रहेको थ्रीडिभीएल सहकारीले मनायो चौथो वार्षिक साधारण सभा 



अत्तरिया: कैलालीको गोदावरी नगरपालिका-२ मा रहेको थ्रीडिभीएल बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो  चौथोे वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

शनिबार संस्थाका अध्यक्ष दिपकराज ओझाको अध्यक्षता तथा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष ओझाले गत असार मसान्तसम्म १४ लाख ८८ हजार २ सय शेयर पुँजी पुगेको बताए।

त्यस्तै बचततर्फ ८८ लाख ८० हजार ९ रुपैँया र लगानीतर्फ ८१ लाख ६६ हजार ६६१ रुपैँया रहेको उनले बताए। गत आर्थिक वर्ष २०८१/८२ मा संस्थाले ७ हजार १६४ रुपैँया खुद नाफा आर्जन गरेको थियो।

सामाजिक संस्था थ्रीडिभीएल क्रियसनमा आवद्ध युवाहरुले स्थापना गरेको थ्रीडिभीएल बहुउदेश्यीय सहकारी संस्थाले युवाहरुलाई स्वरोजगार बनाउने  मुख्य लक्ष्य राखेको छ।

चार वर्षको अवधीमा संस्थाले १ करोड २३ लाखभन्दा बढी कारोबार गरेको छ। साधारण सभामा उपस्थित शेयर सदस्य तथा अतिथिहरुलाई संस्थाले मायाको चिनोको रुपमा मल र तरकारीको बिउ प्रदान गरेको थियो।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि