कैलालीको धनगढीबाट स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ 



धनगढीः कैलालीको धनगढीबाट स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३  मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता पक्राउ परेका हुन। उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुवै जना सवार युपी ३१ सिएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले स्रोत नखुलेको २८ लाखसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि