सुदूरपश्चिम घर भएका एक प्रहरी र ६ आन्दोलनकारीलाई सहिद घोषणा 



अत्तरिया: जेन-जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणाको निर्णय गरेको हो।

सहिद सूचीमा ४२ जना आन्दोलनकारी र तीन प्रहरी छन्। तीमध्ये सुदूरपश्चिम घर भएका एक प्रहरी र ६ जना आन्दोलनकारीलाई सहिद घोषणा गरिएको हो। दार्चुला घर भएका जवान उत्तम थापालाई सहिदको सूचीमा राखिएको छ। 

२३ र २४ भदौको आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। जसमध्ये १० जना कैदीबन्दी छन्। कतिपयको सनाखत हुन सकेको छैन। आन्दोलनमै ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ।

गौरब जोशीः धनगढी–५ कैलाली, सुभाषकुमार बोहराः खप्तडछान्ना–७ बझाङ, ओझन बुढाः स्वामिकार्तिकखापर–२ बाजुरा, भीमराज धामी: दुर्गाथली–१ बझाङ, निरज पन्त:  दशरथचन्द–६ बैतडी, दीपकसिंह साउद:  शिवनाथ–२ बैतडी र प्रहरी जवान उत्तम थापा:  लेकाम–३ दार्चुला सहिदको सुचीमा परेका छन्।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि