महेन्द्रनगर: कञ्चनपुरबाट ७ ग्राम खैरोहेरोइनसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय गणेश बोहराको घरबाट ७ ग्राम ३४० मिलिग्राम खैरोहेरोइन प्रहरीले बरामद गरेको हो।
बोहरासहित सोही घरभित्र शंकास्पद रुपमा बसिरहेको अवस्थामा सोही स्थानका २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय रिदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी र कृष्णपुर नगरपालिका–६ का ३० वर्षीय गणेशबहादुर बिष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खैरोहेरोइनसहित ६ जनालाई पक्राउ गरेकोे हो।








प्रतिक्रिया दिनुहोस