टीकापुर: कैलालीमा लागूऔषध मुद्दामा फरार तीन जना पक्राउ परेका छन्। जिल्लाकाे टीकापुरका तीन जना पक्राउ परेका हुन।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना १० दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका–१ ब्लक नम्बर–७ का २८ वर्षीय शंकर खत्री, लागूऔषध मुद्दामै ६ दिन कैद सजाय तोकिएका टीकापुर नगरपालिका–६ कटानपुर का २४ वर्षीय उमेश चौधरी र २ महिना ९ दिन कैद सजाय र २५ हजार तोकिएका टीकापुर नगरपालिका–३ का २० वर्षीय समिर चौधरी रहेका छन्।
जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तिनै जनालाई सोमवार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे।








प्रतिक्रिया दिनुहोस