नदी किनारमा उभिएका यी हुन सुदूरपश्चिमका चार सहर 



वीरेन्द्र भट्ट, अत्तरिया: सुदूरपश्चिममा चार सहरी बजार नदी किनारमा बसेका छन्। सुदूरपश्चिम प्रदेशको दार्चुलादेखि अछामसम्म आधा दर्जन सहर नदी किनारमा अवस्थित छन्। पहाडी भूभाग भएकाले ती सहररबजारमा थप बस्ती विस्तारको सम्भावना निकै कम छ। एकतिर नदी र अर्कोतिर पहाडले च्यापेका ती ठाउँहरूमा सीमित जग्गा भएकै कारण जग्गाको मूल्य काठमाडौंभन्दा महँगो भइसकेको छ।

सरकारले तोकेको न्यूनतम मूल्याङ्कन नै रोपनीको २० लाखदेखि पौने २ करोड रुपैयाँ हाराहारी भएका ती ठाउँमा चलनचल्तीको मूल्य कैयौं गुणा बढी छ। जग्गाको उपलब्धता घट्दै गएपछि त्यहाँ जग्गा किनबेचको शैली पनि फेरिएको छ। अर्थात जग्गाको क्षेत्रफल वर्गमिटर, धुर वा आना नभएर हातको आधारमा नापिन्छ।

१ हात चौडाइ (मोहडा) र २० हात लम्बाइ (पिछडा) भएको जग्गाको मूल्य १० लाख रुपैयाँसम्म पर्छ। १० हात चौडाइ र २० हात लम्बाइ भएको जग्गाको मूल्य १ करोड रुपैयाँ पर्छ। यसरी एउटा ठिक्कको घडेरी किन्न पनि यी मध्ये धेरै ठाउँमा १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ।

दार्चुलाको खलंगा बजार

भारत र चीनसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशको पनि सुदूरउत्तरी जिल्ला दार्चुलाको सदरमुकाम हो खलंगा बजार। यो बजार महाकाली नदीको किनारमा अवस्थित छ। त्यहाँ सरकारी मूल्याङ्कन अनुसार १ रोपनी जग्गाको न्यूनतम मूल्याङ्कन ६७ लाख ५० हजार रुपैयाँ छ। तर चलनचल्तीमा भने सामान्य ठाउँमा पनि रोपनीको डेढदेखि २ करोड रुपैयाँ मूल्य पर्ने गरेको छ। 

बझाङको चैनपुर बजार

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको सदरमुकाम हो चैनपुर बजार। सो बजार सेती नदीको किनारमा अवस्थित छ। त्यहाँ सरकारी मूल्याङ्कन अनुसार १ रोपनी जग्गाको न्यूनतम मूल्याङ्कन ५८ लाख ८० हजार रुपैयाँ छ। चलनचल्तीमा भने त्यहाँ पनि रोपनीको १ करोड घटिमा किनबेच हुँदैन।

डोटीको दिपायल बजार

सुदूरपश्चिम प्रदेशको अर्को पहाडी जिल्ला हो डोटी। नेपालमा संघीयता कार्यान्वयन हुनुअघि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय निर्देशनालयहरू रहेको ठाउँ हो दिपायल। अहिले दिपायल सिलगढी नगरपालिकामा पर्ने सो ठाउँ सेती नदीको किनारमा अवस्थित छ। डोटीको सदरमुकाम समेत रहेको त्यहाँ एक रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ९६ लाख रुपैयाँसम्म रहेको छ। चलनचल्तीको मूल्य पनि डेढदेखि २ करोड रुपैयाँभन्दा बढी रहेको छ।

अछामको साँफेबगर बजार

सुदूरपश्चिमकै पहाडी जिल्ला अछामको प्रमुख व्यापारिक क्षेत्र हो साँफेबगर। मध्यपहाडी राजमार्गले समेत छुने सो बजार बुढीगंगा नदीको किनारमा अवस्थित छ। त्यहाँ एक रोपनी जग्गाको सरकारी मूल्याङ्कन २८ लाख रुपैयाँ छ। चलनचल्तीमा भने त्यहाँ पनि ५० लाखदेखि १ करोड रुपैयाँसम्म नै रहेको छ। यी चार सहरमा तीन वर्ष अघि सो मुल्यमा जग्गा खरिदबिक्री हुन्थ्यो भने त्यसयताको समयमा पनि सस्तोमा घडेरी पाउन मुस्किल पर्ने गरेको कतिपयको अनुभव छ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि