कैलालीमा लुटपाट र चेक अनादर मुद्दामा फरार तीन जना पक्राउ 



धनगढीः कैलालीमा लुटपाट र चेक अनादर मुद्दामा फरार तीन जना पक्राउ परेका छन्।

चेक अनादर मुद्दामा ३ महिना कैद सजाय र २० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१८ फुलबारी बस्ने ५३ वर्षीय कृष्णप्रसाद शर्मा र कुटपिटरलुटपाट मुद्दामा २ महिना कैद सजाय र २ हजार ६ सय जरिवाना तोकिएका कैलारी गाउँपालिका–२ बस्ने ४४ वर्षीय गौरीशंकर चौधरी तथा सोही मुद्दामा १ महिना कैद सजाय र १ हजार ३ सय जरिवाना तोकिएका कैलारी गाउँपालिका–२ बस्ने २६ वर्षीय शंकर चौधरी पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीले कैद तथा जरिवाना ठहर गरेपछि फरार रहेका तीनै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि