वित्तीय क्षेत्रको पैसामा असमान वितरण हुनु हुँदैन : गभर्नर पौडेल 



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले वित्तीय क्षेत्रको पैसा सीमित व्यक्तिहरूको मात्र पहुँचमा नहुने बताएका छन् । नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी संघको ३२ औ स्थापना दिवसमा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।

वित्तीय क्षेत्रले सम्पन्न र विपन्न बिचको अन्तर कम गर्ने गरी काम गर्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ । ‘कसरी हुन्छ विपन्न वर्गलाइ सहयोग गर्नु पर्छ भन्ने हो,’ गभर्नर पौडेलले भने, ‘सबै नेपालीहरूको लागि समान हुने गरी काम गरौं भन्ने हो ।

हाल बैंकिङ प्रणालीमा करिब १८ अर्ब जति विदेशी विनिमय सञ्चिति छ । त्यसैगरी करिब ६८ खर्ब रुपैयाँ निक्षेप छ । यो स्रोत केही व्यक्तिको हातमा मात्रै जान नहुनेमा पौडेलले जोड दिए । वित्तीय क्षेत्रको यो स्रोतको असमान वितरण हुँदा अर्थतन्त्रले गति लिन नसक्ने उनको भनाइ छ ।

सबै नेपालीको जीवनस्तर उकास्न यो स्रोत प्रयोग होस भन्ने हो,’ गभर्नर पौडेलले भने, ‘साना तथा मझौला उद्यम र कृषि क्षेत्रमा खराब कर्जा बढ्यो भन्ने आएको छ । यस विषयलाई गहन रुपमा बुझ्न सुरु गरेको छु ।’


बैंकिङ क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू थपिँदै गएका छन् । बैंकिङ प्रणाली पनि प्रविधिमैत्री बन्दै गएको अवस्था छ । यसमा पनि केही व्यक्ति मात्र फाइदा लिने अवस्था बन्न नहुने पौडेलको भनाइ छ ।

कार्यक्रममा पूर्व कर्मचारी संघका अध्यक्ष आश्विनी कुमार ठाकुरले मौद्रिक नीतिको प्रभावकारी उपकरण नै ब्याजदर रहेको बताएका छन् । ब्याजदरको विषयमा सरकारले भन्दा पनि केन्द्रीय बैंकले नै बोलेको उपयुक्त हुने उनको सुझाव छ । निर्यात र घर कर्जामा स्थिर ब्याजदर यो निर्णय नेपाल सरकारले गर्ने हो भन्दै उनले प्रश्न गरे ।

भारुसँगको विनिमयदर एक वर्षभित्र परिवर्तन गर्ने विषय सरकारे हल्ला गरेर भन्दा पनि गोप्य रुपमा गर्नुपर्ने सुझाए । नेपाली मुद्राको चलनचल्तिमा र विदेशी मुद्रा सञ्चितिमा के कस्तो असर पर्छ भन्ने विषयमा विचार गरेर मात्र भारुसंगको विनिमयदर चलाउन ठाकुरले सुझाए ।


कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि