परराष्ट्रमन्त्री आर्जु राणा भन्छिन्: अब धनगढी बन्दैछ सिटी अफ क्रिकेट 



धनगढी: परराष्ट्रमन्त्री आर्जु राणा देउवाले अब धनगढी सिटी अफ क्रिकेट बन्ने बताएकी छन् । उनले समाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन, धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सम्पन्न भएर सम्पूर्ण कानुनी स्वीकृति समेत प्राप्त भएको खबरले उत्साहित बनाएको छ । यस परियोजनासँग सम्बन्धित विस्तृत परियोजना प्रतिवेदन लगायतका सबै प्राविधिक तयारीहरू यसअघि नै सम्पन्न भइसकेका छन् । अब छिट्टै आम सुदूरपश्चिमबासीको सपनाको रंगशाला, आफ्नै घरआँगनमा बसेर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट हेर्ने आकांक्षा, वास्तविकतामा परिणत हुनेमा हामी विश्वस्त छौं । यस ऐतिहासिक परियोजनाले केबल क्रिकेट खेलको मात्र नभएर समग्र खेलकुद क्षेत्र, पर्यटन एवं खेल पर्यटन र यस क्षेत्रको आर्थिक विकासमा नयाँ युगको शुरुआत हुने विश्वास लिएका छौं ।

-->

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि