सुदूरपश्चिममा बैंक ऋणीको संख्या झण्डै ८२ हजार नाघ्यो 



वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा बैंक ऋणीको संख्या झण्डै ८२ हजार पुगेको छ । २०८० पुस मसान्तसम्म कुल बैंक ऋण खाताको संख्या ८१ हजार ६७९ पुगेको हो ।

बैंक ऋण खाता संख्या २०७९ पुस मसान्तसम्मको तुलनामा १८ दशमलव ६३ प्रतिशतले घटेको छ । यहाँ सञ्चालिन बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या भने बढेको छ । निक्षेप खाता संख्या १३ दशमलव ७७ प्रतिशतले बढेर ३६ लाख ३६ हजार ५११ पुगेको छ । एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोलेका कारण पनि यहाँको कुल जनसंख्याभन्दा बढी देखिन पुगेको हो ।

बैंकहरुबाट विपन्न कर्जा लिनेको संख्या घटेको छ । यस्तो कर्जा ५ दशमलव ३२ प्रतिशतले घटेर ११ अर्ब ८ करोडमा सिमित देखिएको छ । गत वर्ष यस्तो कर्जा ४ दशमलव ३७ प्रतिशतले घटेको थियो । यहाँ सहुलियतपूर्ण कर्जा भने बढेको छ । यस्तो कर्जा ७ दशमलव ५४ प्रतिशतले बढेर १० अर्ब ४० करोड पुगेको छ ।

निक्षेप बढ्यो

सुदूरपश्चिममा सञ्चालित बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप २०८० असार मसान्तसम्मको तुलनामा एक दशमलव ८१ प्रतिशतले बढेको छ । सो अवधिसम्म निक्षेप बढेर एक खर्ब ३६ अर्ब ८३ करोड १६ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो निक्षेप शून्य दशमलव ४२ प्रतिशतले ह्रास आएको थियो ।

कर्जा लगानी घट्यो

सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी घटेको छ । २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कुल कर्जा २०८० असार मसान्तको तुलनामा ७ दशमलव २८ प्रतिशतले घटेको छ । सुदूरपश्चिममा एक खर्ब ४० अर्ब ६६ करोड २५ लाख कर्जा प्रवाह भएको छ । गत वर्ष भने यस्तो कर्जा ६ दशमलव ३७ प्रतिशतले बढेको थियो । सबैभन्दा बढी कैलालीमा ४७ दशमलव ७१ प्रतिशत र सबैभन्दा कम बाजुरामा २ दशमलव ३० प्रतिशत कर्जा लगानी भएको छ ।

विदेश जाने बढे

सुदूरपश्चिमबाट विदेश जाने बढेका छन् । आर्थिक वर्ष २०८०/८१ को समिक्षा अवधिसम्म सुदूरपश्चिमबाट ९ हजार ७४७ पुरुष र ९ सय ४२ महिला गरी १० हजार ३८९ जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृती लिएका छन् । पछिल्लो समय भारतबाहेकका मुलक जानेको संख्या बढ्दै गएको छ।

फण्ड ट्रान्सफर बढ्यो

गत वर्षको तुलनामा फण्ड ट्रान्सफर तोडा चलान बढेको छ । सुदूरपश्चिमको बाजुरा जिल्लाबाहेक अन्य नोट कोषहरुमा नेपाल राष्ट्र बैंक धनगढीबाट तीन अर्ब ७५ करोड सफा नोट फण्ड ट्रान्सफर भएको छ । गत वर्षको सोही अवधिमा सुदूरपश्चिममा रहेका नोटकोषहरुमा २ अर्ब ९५ करोड फण्ड ट्रान्सफर भएको थियो ।

कति छन् वित्तीय संस्था

सुदूरपश्चिममा कुल ८ सय ४६ बैंक तथा वित्तीय संस्थाका प्रदेश र शाखा कार्यालय सञ्चालनमा छन् । यहाँ वाणिज्य बैंक तीन सय २६, विकास बैंक ५२, वित्त कम्पनी ६ र लघु वित्त विकास बैंक चार सय ४२ शाखा र प्रदेशस्तरीय गरेर सञ्चालनमा छन् । सबैभन्दा बढी कैलालीमा तीन सय ५८ र सबैभन्दा कम बाजुरामा २८ बैंक तथा वित्तीय शाखाहरुबाट वित्तीय कारोबार हुँदै आएको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि