सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिममा 



काठमाडौँ: देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो ।

गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ । कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ ।

लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा करिब ६७ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयले आइतबारसम्म सङ्कलन गरेको तथ्याङ्कअनुसार देशका केही भागमा रोपाइँ जारी छ ।

आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वसमेतमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि