बेहडाबाबामा गंगादशहरा मेलाका लागि सडक मर्मत र बत्ती जडान 



धनगढीः कैलालीको धनगढीमा रहेको बेहडाबाबा मन्दिरमा भोलिदेखि गंगादशहरा मेला सञ्चालन हुने भएको छ।

रामपुरस्थित बेहडाबाबा मन्दिरमा भोलिदेखि गंगादहरा मेला सुरु हुने भएपछि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडान लगायतको तयारी गरेको छ।

गंगादशहरा मेलामा भक्तजनहरुको सहजताका लागि सडक बत्ती जडान गरिएको हो। धनगढी उपमहानगरपालिका–७, देवहरीयादेखि बेहडाबाबा मन्दिरसम्म सडक बत्ती जडान गरिएको छ। सडकसमेत मर्मत गरिएको छ। कालोपत्र गर्न बाँकी रहेको सडकमा धनगढी उपमहानगरपालिकाले मर्मत गरेको हो।

धार्मिक आस्थाको केन्द्र बेहडाबाबा मन्दिरमा पूजाका लागि भारतबाटसमेत भत्तजनहरू आउने गरेका छन्। उनीहरूले उत्पादन गरेको अन्नसमेत बेहडाबाबामा दान गर्दै आएका छन्। परापूर्वकालमा त्यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ।

शिव लिंगको उचाइ अहिले करिब सात फिट छ। श्रद्धालुहरू मौनी आमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन्।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि