अत्तरियामा बनाउने भनिएको पार्क निर्माणस्थल मासियो 



अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१ दुर्गामन्दिर पछाडि सुविधासम्पन्न पार्क निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारियो । नगरपालिकाले तयार पारेको उक्त डीपीआर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश समेत गरियो । शहरी सौन्दर्य बढाउन, पर्यटन प्रवद्र्धन गर्न र वातावरण संरक्षणका लागि पार्क बनाउने योजना थियो ।

पार्क निर्माण सम्पन्न गर्न १० करोड रुपैयाँसम्म खर्च हुने नगरपालिकाले त्यतिबेला अनुमान समेत गरेको थियो । पार्क बनाउने नाममा नगरपालिकाले बजेट विनियोजन समेत त्यतिबेला गरेको थियो । तर सो स्थानमा पार्क बन्ने त परै जावस बरू वन क्षेत्रको जमिन मास्ने काम मात्र भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले अत्तरिया बजारमा उक्त पार्क बनाउने त्यो समयमा दाबी गरिएको थियो । तर अहिले सो स्थानमा पार्क बनाउन निर्माण गरिएका संरचना नै भत्काएर सो स्थान अतिक्रमण गरेर अन्य भौतिक संरचना निर्माण गरिन लागेको पाइएको छ ।

सो स्थानमा पार्क निर्माण गर्ने नाममा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट १० लाख रुपैयाँ विनियोजन भएको थियो । यसका साथै गोदावरी नगरपालिकाले पार्कको पर्खाल निर्माण लगायत काम गर्ने भन्दै १५ लाख रुपैयाँ खर्च नै गरेको थियो । तर पार्क बन्ने क्षेत्र भने यतिबेला गायब छ । यसअघि ५ लाख रुपैयाँ खर्चेर वनस्पति अनुसन्धान केन्द्र कैलालीले पार्कभित्र पूलहरू रोपेर हराभरा बनाएको दाबी गरे पनि अहिले पार्क बन्नुपर्ने स्थान अतिक्रमणमा परेको छ ।

१२ बिगाहा क्षेत्रफलमा बनाउने दाबी गरिएको पार्क सुरक्षा सामुदायिक वनभित्र पर्छ । पार्क सुरक्षाको जिम्मा सोही सामुदायिक वनलाई दिइए पनि सुरक्षामा सामुदायिक वन अनभिज्ञ जस्तै देखिएको छ । 

बढ्दो शहरीकरणले खुला सार्वजनिक स्थल खुम्चिँदै गएका बेला अत्तरियामा शुरू गरिएको पार्क निर्माण अभियान त्यसको नाममा बजेट कुम्ल्याउने र अन्तिममा  पार्ककै क्षेत्रफल अतिक्रमण गर्ने देखिएको स्थानीय बताउँछन् । संसारका विकसित देशमा पार्क, म्युजियम, अनुसन्धान केन्द्रहरू बनेका छन् । त्यहाँ सबैलाई सहज रूपमा घुम्ने, खेल्ने, मनोरञ्जन गर्ने ठाउँ छन् ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि