एमालेमा मेरो जिम्मेवारी केन्द्रीय कमिटीले निर्णय गर्नेछ’ 



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले केन्द्रीय कमिटीले गर्ने निर्णयका आधारमा आसन्न महाधिवेशनमा आफ्नो उपस्थिति हुने बताएकी छन् । विधान महाधिवेशनमा आमन्त्रित प्रतिनिधि वा अरू नै रूपमा उपस्थित हुने विकल्प भए पनि यही हुनुपर्ने पक्षमा आफू नरहेको उनले जनाएकी छन् ।

मदन भण्डारी फाउन्डेसनले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनले भदौ तेस्रो साता हुने विधान महाधिवेशनमा आफ्नो उपस्थिति केन्द्रीय कमिटीमै भर पर्ने उल्लेख गरिन् । ‘विधान महाधिवेशनमा दसौं महाधिवेशनका प्रतिनिधिले भाग लिने हो । केही थपिएका छन् । नयाँ आएकाहरूको प्रतिनिधित्व कसरी हुन्छ रु यो केन्द्रीय कमिटीको छलफलको विषय हुनेछ,’ उनले भनिन्, ‘मेरो उपस्थित कसरी गराउनुहुन्छ रु केन्द्रीय कमिटीमा भर पर्ने कुरा हो ।’

पार्टीमा आफ्नो कस्तो भूमिका हुनेबारे केन्द्रीय नेतृत्वको निर्णयमा निर्भर हुने भण्डारीको भनाइ थियो । ‘पार्टीभित्र कुन संरचनामा के भूमिका हुने, कस्तो जिम्मेवारी दिनेमा केन्द्रीय कमिटीको निर्णयमा भर पर्छ,’ उनले भनिन् ।

पूर्वमहासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवादको बीजारोपण गरे पनि रहस्यमय मृत्यु भएपछि त्यो सिद्धान्त कार्यान्वयन गर्न नसकेको पूर्वराष्ट्रपति भण्डारीले टिप्पणी गरिन् । ‘जबजको बीजारोपण सिद्धान्तका रूपमा अघि बढाउन मदन भण्डारीले पाउनुभएन । उहाँको रहस्यमय निधन भयो,’ उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्ले संसद् विघटन गर्ने मन्त्रिपरिषद् निर्णयलाई कार्यान्वयन गरेको विषयले आफूलाई पछ्याइरहेको पनि उल्लेख गरिन् । ‘२०१७ सालको, २०५१ सालको कुरा पनि आइरहन्छ । म राष्ट्रपति भएका बेला पनि दुई पटक संसद् विघटन भएको छ । त्यसलाई कुनै दबाबभन्दा पनि संवैधानिक विधिअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर ल्याएको कुरा मैले कार्यान्वयन गरेको हो,’ उनले भनिन्, ‘कुन बेला के काम गर्नुपर्थ्यो, त्यो छलफलको कुरा हुन सक्छ ।’

फाउन्डेसनले मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ सदस्य रहेका छन् ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि