बेहडाबाबा मेलामा जान उपमहानगरको नि:शुल्क बस सेवा 



धनगढी: गङ्गादशहरामा लाग्ने बेहडाबाबा मेलाका लागि धनगढी उपमहानगरपालिकाले नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। मेला भर्न जाने सर्वसाधारणको सुबिधाका लागि नि:शुल्क बस सेवा सञ्चालन गरिन लागिएको हो।


धनगढी -१६ मा रहेको बेहडाबाबा मेलाको भोलि जेष्ठ २२ गते मुख्य दिन हो। मन्दिर दर्शन गर्न जाने सर्वसाधारणलाई सुबिधा होस् भनेर नि:शुल्क बस सेवा सञ्चालन गरिने नगर प्रमुख गोपाल हमालले बताए। उनले यात्रुको सुबिधाका लागिधनगढी -१७ शिवगङ्गा नदिदेखि बेहडाबाबा मन्दिरसम्म बुधबार राति १२ बजेदेखि बिहिवार साँझसम्म तिर्थालु भक्तजनहरूको सहजताका लागि नि:शुल्क बस सन्चालन गरिने बताए।


बेहडाबाबा मन्दिर जाने सडक साँघुरो भएकाले यात्रुहरू जाममा पर्ने समस्या समाधान गर्न नि:शुल्क बस सेवा प्रदान गर्ने नगर प्रमुख हमालले बताए। नगर बसबाट सर्वसाधारणलाई नि:शुल्क बस सेवा दिइने नगर प्रमुख हमालले भिडियो सन्देशमार्फत जानकारी दिएका छन्।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि