किशोरावस्थामा यस्तो चाहिन्छ अभिभावकको भूमिका 



किशोरावस्थामा शारीरिकसँगै बालबालिकाको मानसिक विकास पनि तीव्र रूपमा हुन्छ । यतिवेला सिकेका र सिकाइएका पाठले जीवनमा ठुलो अर्थ राख्ने भएकाले अभिभावक र परिवारको सदस्यले बच्चालाई सही रूपमा मार्गदर्शन र वातावरण दिनुपर्छ ।

पत्रपत्रिका, रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमा आउने सामग्री तथा घरपरिवार तथा समाजमा हुने कुराकानीले उनीहरूलाई प्रभावित गरिरहेको हुन्छ । त्यहीकारण, उनीहरूको चाहनालाई बुझेर अभिभावकले मागदर्शन गर्नुपर्छ । उनीहरू कस्ता विषयमा रमाउँछन्, कस्तो खेल्छन्, कतिवेला सुत्छन् रु यी विषयमा अभिभावकले ख्याल गर्नुपर्छ । 

यस्तै, बालबालिकालाई सफल हुन अभिप्रेरित गर्नुपर्छ । तर, यसको अर्थ जित्ने दबाब दिनुपर्छ भन्ने होइन । हाम्रो शिक्षाले असफलतालाई स्विकार्न सिकाएको छैन । जबकि, उनीहरूलाई हामीले जीवनमा असफलता पनि एउटा पक्ष हो र यसले भविष्यमा सफलताको जग बसाल्छ भनेर बुझाउन जरुरी छ ।

कतिपयले सानो असफलताबाटै कुलतमा लाग्ने, हात काट्ने, डिप्रेस रहने, आत्महत्या प्रयास गर्ने जस्ता व्यवहार पनि देखाउँछन् । त्यसैले पनि हामीले असफलतामा खुसी हुने र विचलित नहुने उपाय किशोर–किशोरीलाई सिकाउन जरुरी छ । 

किशोरावस्थामा धेरैमा जिद्दीपन देखिन्छ । चाहेको÷भनेको कुरा नपाउँदा निराश हुने पनि गर्छन् । डिजिटल युगमा विश्वका धेरै घटनाक्रम र व्यक्तिलाई बच्चाले पछ्याइरहेका हुन्छन् । आफ्नो आदर्श व्यक्तिजस्तै बन्न चाहनु स्वाभाविक पनि हो । तर, यथार्थ फरक हुन सक्छ ।

यस विषयमा अभिभावक सचेत रहनुपर्छ र बालबालिकालाई सकारात्मक रूपमा मार्गदर्शन दिन सक्नुपर्छ । उनीहरूलाई सफलता प्राप्त गर्नका लागि संघर्ष गर्न सिकाउनुपर्छ । 

कसरी रिस प्रकट गर्ने, खुसी व्यक्त गर्ने र आफ्ना मनोभावलाई नियन्त्रण गर्ने रु सिर्जनशील बन्नेलगायत विषय पनि अभिभावकले सिकाउनुपर्छ । यसका लागि अभिभावकले बालबच्चासँग साथीभाइजसरी नै प्रस्तुत हुने र उनीहरूका भनाइ र भावना सुन्ने गर्नुपर्छ ।

उनीहरूले पढेका विषयमा छलफल गर्ने, सिनेमा हेर्न सँगै जाने र त्यस विषयमा उनीहरूका राय सुनेर आफ्नो टिप्पणी राख्नेलगायत कार्य गर्नाले सम्मानित महसुस गर्छन् । अभिभावकले बच्चालाई पढ्न, खेल्न, सिनेमा हेर्ने, पुस्तक पढ्नेलगायत काममा उत्प्रेरित गर्नुपर्छ । 

-मनोविद् डा. विजय ज्ञवाली अमोहा क्लिनिक, काठमाडौंमा कार्यरत छन् ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि