विश्वमा हुन्छ वार्षिक जलवायुजन्य प्रदूषणले ७० लाख मानिसको मृत्यु 



बालुवा र धुलोको आँधीले वार्षिक ७० लाख मानिसको अकाल मृत्यु हुने गरेको छ । त्यस्तै, यस्तो प्रदूषणले विश्वव्यापी ३३ करोड मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले यस्तो जानकारी दिएको हो ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्लुएमओ कोे प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्या निम्त्याएको र एक सय ५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको अल जजिराले जनाएको छ । धुलो र बालुवाका कणले मुख्यतया श्वासप्रश्वास र हृदय रोग निम्तिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैबिच, संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२५–२०३४ लाई बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसंघको दशकका रूपमा मनाउने घोषणा गरेको छ ।

‘यी आँधी हाम्रो समयको सबैभन्दा बेवास्ता गरिएका, तर व्यापक पहुँच भएका विश्वव्यापी चुनौतीमध्ये एक बन्दै छन् । जलवायु परिवर्तनले यसलाई झनै जटिल बनाएको छ,’ महासभाका अध्यक्ष फिलेमोन याङले भने ।

डब्लुएमओका महासचिव सेलेस्टे साउलोले आँधीको प्रभाव दीर्धकालीन रहेको बताए । उनले यसले जनस्वास्थ्यलाई उल्लेखनीय रूपमा असर गरेको र कृषि, यातायात र सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जाका स्रोतमा बाधा पुर्‍याएको उल्लेख गरे ।

आँधीले बालीको उत्पादन २५ प्रतिशतसम्म घटाउन सक्छ, भोकमरी बढाउन सक्छ र जबर्जस्ती बसाइँसराइ गराउँछ । संयुक्त राष्ट्रसंघका लागि डब्लुएमओका प्रतिनिधि लौरा प्याटरसनले पनि वार्षिक रूपमा दुई अर्ब टन धुलो वायुमण्डलमा छोडिने गरेको बताए । यो धुलोको ८० प्रतिशतभन्दा बढी उत्तरी अफ्रिका र मध्यपूर्वको मरुभूमिबाट उत्पन्न हुन्छ, तर हजारौँ किलोमिटर यात्रा गरेर यसको स्रोतबाट टाढाका क्षेत्रलाई असर गर्दछ ।

यसैबिच, संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा पश्चिमी एसियाका लागि आर्थिक तथा सामाजिक आयोगका प्रमुख रोला दस्तीले धुुलो र बालुवाको कणले ठुलो आर्थिक क्षति गरेको बताए ।

मध्यपूर्व र उत्तरी अफ्रिकामा मात्रै बालुवा र धुलोको आँधीसँग जुध्न वार्षिक लागत एक खर्ब ५० अर्ब अमेरिकी डलर आवश्यक पर्छ, जुन यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादन जिडिपीको दुई दशमलव पाँच प्रतिशत हो ।

इराकमा आँधीले अस्पतालमा असर गरेको छ भने कुवेत र इरानमा विद्यालय र कार्यस्थललाई क्षति पुर्‍याएको छ । सहारा मरुभूमिबाट निस्कने धुलो क्यारेबियन र फ्लोरिडासम्म पुगेकोे छ ।

नेचरमा प्रकाशित एक अनुसन्धानअनुसार अमेरिकामा धुलो र आँधीका कारण सन् २०१७ मा एक खर्ब ५४ अर्ब अमेरिकी डलर मूल्यबराबरको क्षति भएको छ । यो सन् १९९५ को तुलनामा चार गुणा बढी हो ।

डब्लुएमओ र विश्व स्वास्थ्य संगठन डब्लुएचओले बढ्दो स्वास्थ्य संकटको चेतावनी दिँदै भनेका छन्, ‘सन् २०१८ र सन् २०२२ को बिचमा विश्वको आधा जनसंख्या डब्लुएचओ सुरक्षास्तरभन्दा माथिको धुलोको सघनताको सम्पर्कमा आएको थियो ।

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी

कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ

धनगढी: कैलालीमा लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाका

अत्तरियामा जाम भएका मुख्य नाली सफा गरिदै

अत्तरिया: कैलालीको अत्तरियामा जाम भएका मुख्य नालीहरू सफा गरिदैछ। बुधबारदेखि