यदि कुनै कारणवश तपाईंको फोन पानीमा भिज्यो भने तुरुन्तै स्विच अफ गर्नुहोस्। फोन चालु हुँदा भित्र पानी पस्यो भने सर्ट सर्किट हुने जोखिम अत्यधिक हुन्छ, जसले फोन पूर्णरूपमा नष्ट हुन सक्छ। स्विच अफ गरेपछि फोनलाई हल्का कपडाले पुछ्नुहोस् र सुकाउने प्रक्रिया सुरु गर्नुहोस्।
फोनलाई चामल वा सिलिका जेलमा राख्नुहोस्
भिजेको फोनलाई सुकाउनको लागि सबैभन्दा लोकप्रिय घरेलु उपाय हो–चामलको बट्टामा घुसाएर राख्ने। चामलले फोनको आद्रता सोस्ने भएकाले फोनभित्रको पानीलाई हटाउन सहयोग पुर्याउँछ। साथै यदि तपाईंसँग सिलिका जेलको प्याकेट ९जो नयाँ जुत्ता वा झोलामा आउने गर्छ० छ भने, त्यसमा फोन राख्दा अझ प्रभावकारी रूपमा फोनलाई सुख्खा बनाउने काम गर्दछ ।
फोन सुख्खा नहुँदासम्म चार्ज नगर्नुहोस्
फोन भिजेको अवस्थामा त्यसलाई तुरुन्त चार्ज गर्नु धेरै खतरनाक हुन्छ। पानीले फोनको चार्जिङ पोर्टमा असर पुर्याएको हुन सक्छ, जसले गर्दा चार्ज गर्दा सर्ट सर्किट हुन सक्छ। फोन पूरै सुकिसकेको तथा हावा वा पंखाको सहयोगले राम्रोसँग सुकाइसकेको अवस्थामा मात्र चार्ज गर्नुहोस्।
महत्वपूर्ण डाटा क्लाउडमा ब्याकअप राख्नुहोस्
वर्षायाममा फोन हराउने वा बिग्रिने सम्भावना बढी हुन्छ। यस्तोमा तपाईंको फोटो, भिडियो, कागजात जस्ता महत्वपूर्ण फाइलहरू नष्ट हुनसक्ने खतरा हुन्छ । यसले फोन हराए पनि तपाईंको डाटा सुरक्षित रहन्छ।
फोनको बीमा तथा वारेन्टी
फोन खरिद गर्दा बिक्रेतासँग त्यसको विमा तथा वारेन्टीका बारेमा बुझ्नुहोस् र त्यो एकीन गरी त्यस्तो सुविधा भएमा लिन नभुल्नुहोस् । यसो गर्नुभयो भने तपाईंको फोन भिज्ने, बिग्रिने वा चोरी हुने अवस्थामा तपाईंलाई आर्थिक राहत प्राप्त हुन्छ।








प्रतिक्रिया दिनुहोस