१२ वर्षपछि धनगढीमा मनसुनको सुरुवातमै भीषण वर्षा 



धनगढी: धनगढीमा १२ वर्षपछिको सबैभन्दा ठूलो वर्षा भएको छ। २०७० साउन २ गतेपछिको सबैभन्दा ठूलो वर्षा २०८२ असार १६ गते भएको हो।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले २०८२ आसार १६ गते १२ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको जनाएको छ।

वेसिन कार्यालयका प्रमुख सञ्जयकुमार साहका अनुसार धनगढी र आसपासका क्षेत्रमा २०६० सालयता चार पटक ठूलो वर्षा भएको बताए। उनले भने, "२०६० भदौ २ गते धनगढी र आसपासका क्षेत्रमा २६५ मिलिमिटर पानी परेको थियो भने २०६६ भदौ २ गते २६९ दशमलव ४ मिलिमिटर पानी परेको थियो।" प्रमुख साहले २०७० साउन ४ गते २९० दशमलव ९ मिलिमिटर पानी परेको तथा १२ वर्षपछि गएको असार १६ गते २१२ मिलिमिटर वर्षा भएको बताए। यो तथ्याङ्क २४ घण्टाभित्र भएको वर्षाको आधारमा रेकर्ड गरिएको साहले बताए।

२०६० सालमा भारी वर्षा भएको ६ वर्षपछि अर्थात् २०६६ भदौ २ गते धनगढीमा ठूलो वर्षा भएको इतिहास छ भने २०६६ पछि २०७० साउन ४ गते चार वर्षपछि भारी वर्षा भएको तथ्याङ्क छ। यो वर्ष भने १२ वर्षपछि  मनसुनको सुरूवाती दिनमै धनगढी र आसपासको क्षेत्रमा भारी वर्षा भएको रेकर्ड गरिएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी