कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ 



अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना युवक पक्राउ परेका हुन।

जिल्लाको भजनी नगरपालिका–३ कुसमघाटमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ३५११ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक लम्किचुहा नगरपालिका–१ थकालीपुरका १९ वर्षीय रिजन मगर र मोटरसाइकल पछाडी सवार २२ वर्षीय आकाश चौधरी लागूऔषधसहित पक्राउ परेका छन्।

५ ग्राम ४२० मिलिग्राम लागूऔषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे। यस्तै लम्कीचुहा नगरपालिका–६ बागमारबाट पिपरकोटिका २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई १५० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी गएराति गोदावरी नगरपालिका–५ गेटा स्थित से ६ प ७५९४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय बिजय बिष्ट र मोटरसाइकल पछाडी सवार गोदावरी नगरपालिका–१ बिजौराका २५ वर्षीय राज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

दुबै जनालाई ५ ग्राम ७५० मिलिग्राम लागूऔषधसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे। शुक्रवार पक्राउ परेका यी ६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी