अत्तरिया:- कैलालीको धनगढी र बझाङबाट दुई जना फरार दोषी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र ३ हजार जरिबाना तोकिएका धनगढी उपमहानगरपालिका-१० जुगेडाका १८ बर्षिय एक किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले हिजो धनगढी-८ क्याम्पस चोकबाट पक्राउ गरेको हाे । उता बझाङबाट पनि थप एक जना फरार दोषी पक्राउ परेका छन् । जिल्ला अदालत बझाङको फैसलाले काठ ओसारपसार सम्बन्धी मुद्दामा २ महिना कैद सजाय र ५ हजार जरिबाना तोकिएका जिल्लाकाे केदारस्यु गाउपालिका-६ का ३४ बर्षिय डबल धामीलाई अस्थायी प्रहरी पोष्ट बागथला, बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
-->| 420 |








प्रतिक्रिया दिनुहोस