कञ्चनपुर: कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । हिजो जिल्लाकाे बेलौरी नगरपालिका-७ पौलाहस्थित भारतबाट नेपालतर्फ आउदै गरेको से २ प ८२३८ नम्बरको मोटरसाइकलसहित तीन पक्राउ परेका हुन । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने बर्ष २६ को कृष्ण राना, मोटरसाइकल पछाडी सवार बर्ष २७ को महेश राना र कैलालीकाे धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने १८ वर्षिय एक किशोरी १.९१ ग्राम लागूऔषधसहित पक्राउ परेका छन् । मोटरसाईकलसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
| 327 |








प्रतिक्रिया दिनुहोस