लागूऔषधसहित कैलालीमा ४ जना पक्राउ 



धनगढीः कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाकाे भजनी नगरपालिका–५ लालबोझी स्थित भारतबाट नेपालतर्फ आउदै गरेको से ३ प ९२६३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक भजनी नगरपालिका–४ का २५ वर्षीय मनोज चौधरी र मोटरसाइकल पछाडी सवार २१ वर्षका बिक्रम चौधरीको साथबाट ३ ग्राम ९६० मिलिग्राम र ग ६ प ८३७९ नम्वरको मोटरसाइकललाइ चेकजाँच गर्दा चालक घोडाघोडी नगरपालिका–१२ बस्ने २१ वर्षीय बिशाल चौधरी र मोटरसाइकल पछाडी सवार २८ वर्षीय हनुमान चौधरीको साथबाट १ ग्राम ७१० मिलिग्राम गरी कुल ५ ग्राम ६७० मिलिग्राम लागूऔषधसहित चारै जनालाई प्रहरीले पक्राउ गरेको छ। चारै जनालाई इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

-->

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी