धनगढीबाट छुटेको जीप बैतडीमा दुर्घटना, २ जनाको मृत्यु 



बैतडी: कैलालीको धनगढीबाट छुटेको जीप बैतडीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुप प्र ०४ ००१ ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

जीपमा सवार अन्य ६ जना घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री उनकी २ वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कलमा धामी घाइते भएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिवार बिहान करिब साढे ५ बजेको समयमा पाटन नगरपालिका–६ मा जीप दुर्घटना भएको हो ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्दारमा खटिएका थिए । जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी