अत्तरिया: कैलालीको अत्तरियाबाट लागूऔषधसहित २ जना युुवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ शान्ति टोलका २२ वर्षीय रबिनकुमार मल्लको कोठामा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हिजो मल्लसहित डोटी पुर्वीचौकी गाउँपालिका–४ का २८ वर्षीय काले भन्ने तेजबहादुर खड्कालाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले खड्काको खटियामाथि राखेको ब्ल्याङकेटको कभरभित्र प्लास्टिकको पोकामा लुकाइ राखेको ९ ग्राम ६० मिलिग्राम लागुऔषध बरामद गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस