कैलाली कारागारभित्र लफडा, नाइके कुटिए 



धनगढी: जिल्ला कारागार कैलालीभित्र कुटाकुट भएको छ। कारागारभित्र लफडा भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख बाल नरसिंह राणाले कारागारभित्रका कैदी तथा थुनुवाहरूसँग अहिले सोधपुछ गरिरहेका छन्।

जिल्ला कारागारभित्र झगडा गर्ने व्यक्ति र कारण भने खुलेको छैन । तर, एक जनाको नाँकमा चोट लागेको छ । प्रहरी प्रमुख राणाले घटनाको विषयमा सोधपुछ गरिरहेको बताए । उनले भने, ‘लफडा भयो, म अहिले यहि छु।’ जिल्ला प्रहरी कार्यालयबाट प्रमुखसहित थप सुरक्षाकर्मी कारागार पुगेको छ। कैदीहरू नै फरक–फरक समूहमा विभाजन भएर कुटाकुटको स्थिति सृजना हुने गरेको छ ।

कैदी बन्दीहरूले कुटेका व्यक्ति जिल्ला कारागार कैलालीका नाइके रहेको खुलेको छ । जिल्ला कारागार, कैलालीभित्र कैदी बन्दीहरुले शनिवार दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट गरेका हुन् ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी