कञ्चनपुर: कञ्चनपुरको झलारी बजार अवरुद्ध गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित जोशीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि क्षतिपूर्तिको माग गरिएको छ ।
परिवारका सदस्य तथा आफन्तहरूले प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवानहरू सिद्धराज जोशी र अमित भट्ट सवार बागमती प्रदेश ८६ प ८७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बताएका छन् ।
उनीहरूले आइतवार बिहानदेखि राजमार्ग बन्द गरेका हुन्। कञ्चनपुर प्रहरीले भने आफन्तहरूसँग छलफल जारी रहेकाे बताएको छ ।








प्रतिक्रिया दिनुहोस