अत्तरिया: कैलालीको अत्तरियामा चोरी गर्ने समुह प्रहरी खोरमा परेको छ । अत्तरियाका होटलहरुमा रातिको समयमा चोरि गर्दै हिँड्ने ५ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटीको जोरायल गाँउपालिका-१० का ३५ वर्षीय अर्जुन बोहरा, दिपायल सिलगढी नगरपालिका-१ का २५ वर्षीय नरेश बोहरा, १८ वर्षीय भीम ऐर, कञ्चनपुरको शुक्लाफाटा-५ का २० वर्षीय जयबहादुर बोहरा र डडेल्धुराको परशुराम-१० का १८ वर्षीय रमेश बोहरा रहेका छन् । उनीहरुले अत्तरियाका विभिन्न होटलबाट नगदसहित ६ लाख बराबरको चोरी गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
आइतबार पाँच दिनको म्याद थप गरि पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुले दिउँसो खाजा खाने बाहनाले होटलमा पस्ने र सिसि क्यामेरा भए नभएको जानकारी राखेर रातीको समयमा चोरी गर्ने गरेको पाइएको हो ।








प्रतिक्रिया दिनुहोस