कैलालीमा अबैध हतियारसहित बाउछोरा पक्राउ  



अत्तरिया: कैलालीमा अबैध हतियारसहित बाउ-छोरा पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–९ आमबाडीबाट अवैध हातहतियारसहित  बाउ-छोरा पक्राउ परेका हुन ।

दिलिप कार्कीको घरमा खानतलासी गर्दा पेस्तोल, गोली, जरायोको सिङदेखि मयुरको प्वाँखसम्म फेला परेको  प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार प्रहरी टोलीले ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय विकास कार्की र स्थानीय ३० वर्षीय सुरेश विकलाई नियन्त्रणमा लिएको छ ।

उनले भने, बाउछोरा नै हतियार लुकाएर बसेको पाइएको छ। जंगलबाट ल्याइने अवैध वन्यजन्तुका अवशेष पनि भेटिएको डिएसपीले बताए।

उनका अनुसार पेस्तोल १ थान, ११ गोली र ०.२२ बोर हर्नेट पेस्तोल १ थान, २४ गोली, कटुवा पेस्तोल १ थान, भरुवा बन्दुकको काठ भाग, छर्रा १ डिब्बा, बन्दुकको घोडा, मयुरको प्वाँख २ गुच्छा र जरायोको सिङ ३ थान फेला परेको छ ।

पक्राउ परेकामाथि हातहतियार तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी