अत्तरिया: कैलालीको अत्तरियाका दुईवटा पसलमा छाप मारिएको छ । कर छलीको आशंकामा प्रमुख जिल्ला अधिकारी गोगन हमालको नेतृत्वमा पसलमा छापा मारिएको हो ।
जिल्लाको गोदावरी नगरपालिका–१ स्थित ‘न्यु सुरुची ट्रेडस’ र ‘पिंकु वस्त्रालय’ मा छापा मारिएको हो। त्रिनगर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरू समेत सहभागी रहेको टोलीले पसलमा भएको सम्पूर्ण सामान काउन्ट गरेपछि बिलबिजक मात्रै नियन्त्रणमा लिएको छ।
प्रमुख जिल्ला अधिकारी हमालका अनुसार, पसलहरूले भारतबाट कर छली गरी सामान ल्याउने गरेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको हो। उनले सामान गनेर मात्र बिलबिजक नियन्त्रणमा लिएको बताए ।








प्रतिक्रिया दिनुहोस