दार्चुला: किनमेलका लागि हिँडेका दार्चुलाको व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन् ।
मंगलबार मध्याह्नतिर भारतीय बजारतर्फ जाने क्रममा तुइन बाँधिएको खम्बा भाँचिएर उनी महाकालीमा खसेका हुन् । बेपत्ता बुढाथोकीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस