कैलाली अदालतमा ४ हजार ४५१ मुद्दा दर्ता, ७०.६८ प्रतिशत मुद्दाको अन्तिम फैसला 



धनगढी: कैलाली जिल्ला अदातलले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ । सो अदालतले आर्थिक २०८१र/८२ को असार ३२ गतेसम्म  २ हजार ९ सय ३० वटा मुद्दा फछ्यौंट गर्ने लक्ष्य राखेकोमा ३ हजार १ सय ४६ वटा मुद्दा फछ्यौंट गर्न सफल भएको हो।

जिल्ला अदालतमा  दर्ता भएका मध्ये आर्थिक वर्ष २०८१/८२ मा पछ्यौट भई १ हजार ३ सय ५ वटा मुद्दा बाँकी रहेका छन् । जसमध्ये १८ महिना भित्रका बाँकी १ हजार २ सय ४४, १८ महिनादेखि २ वर्षसम्मका ४५ र २ वर्ष नाघेका १६ मुद्दा रहेका छन् । जिल्लामा कुल मुद्दाको फैसला ७० दशमलव ६८ प्रतिशत  रहेको श्रेष्तेदार एवम् उप-सचिव चेतराज पन्तले जानकारी दिए । 

आर्थिक २०८१/८२ मा कुल दर्ता भएका ४ हजार ४ सय ५१ मुद्दामध्ये  सरकारवादी फौजदारी मुद्दा ३ सय १४ जिम्मेवारीसहित सरेका १ हजार ६ सय ८० थान दर्ता भएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता भानदेव जोशीले जानकारी दिए । 

कुन न्यायाधीशले कति मुद्दा फर्छ्यौट गरे

कैलाली जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीले सबैभन्दा बढी ९ सय ४३ मुद्दा, न्यायाधीश प्रदीपकुमार उपाध्यायले ८ सय ५४,

न्यायाधीश दण्डपाणि लामिछानेले ७ सय ३५ र  न्यायाधीश दिपेन्द्रनाथ योगीले ५ सय ९३ मुद्दा  फर्छ्यौट गरेको उप-सचिव पन्तले बताए ।

यस्तै न्यायाधीश विष्णुप्रसाद अवस्थीले १२ र न्यायाधीश डल्लुराम चौधरीले ९ मुद्दा फर्छ्यौट गरेका हुन् । न्यायाधीशद्वय अवस्थी र चौधरी आर्थिक वर्षको सुरुवातीमै सरुवा भएर गएका थिए ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी