अछाम: अछाममा एक जना ठेकेदार कुटिएका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय निर्माण व्यवसायी कर्णबहादुर बुढा कुटिएका हुन् ।
जिल्लाको मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको ९ जनाको समूहले बुढामाथि कुटपिट गरेको हाे । उनीमाथि खुकुरी, फलामको रड, नक, मुक्का लगायतले कुटपिट भएको प्रहरीले बताएको छ ।
प्रहरीले वडाध्यक्ष झंकर भाट र मदन विष्टलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य ७ जना भने फरार छन् । वडाध्यक्ष भाटले लेनदेनको विवादका कारण ९ जनाको समूहमा आएर बुढामाथि कुटपिट गरेको प्रहरीले बताएको छ ।
बुढाका २ वटा दाँत भाँचिएका छन् । उनको चिउरो तथा अनुहारमा चोट लागेको छ । मंगलसेनमा रहेको सनसाइन प्लाजा होटेलमा बुढामाथि भाटको समूहले कुटपिट गरेको हो ।
गत असार २२ गते दिउँसो बुढा कुटिएका हुन् । तर, असार ३० गते मात्र बुढाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । बुधवार मात्र वडाध्यक्षसहितका २ जना फक्राउ परेका घटनाको विषयमा अनुसन्धान भइरहेको अछाम प्रहरीले बताएको छ।
मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाट, ३५ वर्षीय बल भाट, २६ वर्षीय कमल भाट, ३२ वर्षीय मदन बिष्ट, वडा नम्बर ४ का २७ वर्षीय बिष्णे कठायत र अन्य चार जना गरेर ९ जनाको समूहले बुढामाथि कुटपिट गरेका थिए ।








प्रतिक्रिया दिनुहोस