कैलालीमा नगर प्रमुखका स्वकीयबाट ‘हाकिम’ कुटिए 



अत्तरिया: कैलालीमा एक पालिकाका नगर प्रमुखकै स्वकीयबाट ‘हाकिम’ कुटिएका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले ‘हाकिम’लाई कुटेका हुन ।

गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई नगरप्रमुख कडेलका सहयोगी उमेशले कुटेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता राजकुमार सिंहले नगरप्रमुख कडेलका सहयोगी उमेश जोशीले प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि हातपात गरेकाे बताएका हुन । तर, प्रमुख प्रशासकीय अधिकृत जोशीले भने प्रहरीमा निवेदन दिएका छैनन् । 

इलाका प्रहरी कार्यालय, चौमालाको टोलीले बिहिवार दिनभर प्रमुख प्रशासकीय अधिकृत जोशीको सुरक्षा गरेको छ । कुटपिट गर्नुको कारण भने खुलेको छैन ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी