बझाङः भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको केदारस्यु गाउँपालिका–५ बहोराडीकी ५९ वर्षीया कमला बोहराको भिरबाट लडेर मुत्यु भएको हो ।
बोहरा घर नजिकै रहेको जंगलमा घास काट्ने क्रममा भिरबाट १०० मिटर तल खसेर घाइते भएकी थिइन् ।
घाईते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस