दार्चुलाबासीका दु:ख, तुइनबाट खसेर ३२ बर्षमा २३ जना बेपत्ता 



दार्चुला: सरकारले तुइन विस्थापन घोषणा गरेको १० वर्षसम्म पनि सुदूरपश्चिममा सर्वसाधारण अझै पनि तुइनबाटै नदी वारपार गर्न बाध्य छन् । २०७२ मा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर, त्यसको दशकसम्म पनि दार्चुलाका स्थानीयले तुइनबाटै नदी वारपार गरिरहेका छन् ।

घरायसी समान किनमेलका लागि जिल्ला सदरमुकाम हिँडेका ब्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी मंगलबार दिउँसो तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता छन् । भारतपट्टि तुइन बाँधिएको खम्बा भाँचिदा नदी तरिरहेका उनी तुइनसँगै महाकालीमा खसेका हुन् ।

तुइनबाट खसेर महाकालीमा बेपत्ता हुने ब्यासका उनी एक्ला होइनन् । आफ्नै जिल्ला सदरमुकाम आउने बाटो र सीमापारि जान पुल नहुँदा तुइनको सहारामा जोखिम मोलेर नदी वारपार गर्दा ब्यास–२ बाट मात्रै ३२ वर्षमा २३ जना महाकालीमा खसेर बेपत्ता छन् ।

स्थानीयले अहिले पनि ब्यास गाउँपालिका–२ र ५ वडाका विभिन्न स्थानमा महाकालीमा डोरी वा प्लास्टिकको तथा फलामको तार वारिपारि बाँधेर महाकाली वारपार गर्छन् ।

ब्यास–५ मा स्याकु र नाजी तथा ब्यास–२ दुम्लिङ्ग क्षेत्रको २/३ स्थान र कल्जुमा तुइनबाट महाकाली तर्दै आएका छन् । झोलुङ्गे पुल पुग्न २ देखि ३ घण्टा समय लाग्ने हुँदा बस्ती नजिककै स्थानीयले तुइन राख्ने गरेको ब्यास–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

बस्ती नजिकैबाट महाकालीमा तुइन लगाएर नेपाल–भारत जोड्ने पुल पुग्ने समयमा गाडी मिले सदरमुकाम खलंगा वा बजार क्षेत्रमा छिटो पुग्नका लागि तुइनको प्रयोग बढी हुने वडाध्यक्ष बुढाथोकीको भनाइ छ । ५/७ वर्ष अगाडिसम्म नेपाल–भारत जोड्ने झोलुङ्गे नबन्दासम्म ब्यासको बडूगाउँदेखि बुदीसम्म दर्जन बढी ठाउँमा तुइन हाल्ने गरेका थिए ।

अहिले बडूगाउँ, तिग्रम, मल्घट्टे र मालमा झोलुङ्गे पुल बनेका छन् । ब्यासको अन्तिम नेपाल–भारत सीमा जोड्ने सीतापुलमा दशकौं पुरानो काठेपुल छ । धौलाकोटको स्याकु, दुम्लिङ्ग र बुदीमा पुलको आवश्यकता रहेको ब्यास–५ का वडाध्यक्ष वीरसिंह धामीले बताए ।

स्याकु र नाजीका महाकाली किनारका बस्तीबाट तिग्रम वा मल्घट्टे पुल पुग्न ३ घण्टाभन्दा बढी लाग्छ । तुइन तरेर गए ३ घण्टामा सदरमुकाम पुगिने भएकाले महाकालीको भेलमा जोखिम मोल्ने गरेको उनले सुनाए । ब्यास–२ का वडाध्यक्ष बुढाथोकीका अनुसार स्थानीयलाई तुइन प्रयोग नगर्न आग्रह गरेपनि मान्दैनन् ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी