सुदूरपश्चिममा बसेर अपराध गर्ने ८२ महिला फरार 



अत्तरियाः २०७० साल मङ्सिर २६ गते कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैङ्कको शाखाबाट नेपाल राष्ट्र बैङ्क धनगढीमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार नेपाली रुपैयाँ र २ सय अमेरिकी डलर पूर्व–पश्चिम राजमार्गस्थित मालाखेती जङ्गलमा दिउँसै लुटियो । तर अहिलेसम्म दोषी पत्ता लगाउन प्रहरीले सकेको छैन् ।

धनगढीमा २०६९ साल मङ्सिर २५ गते हत्या गरिएका ओमप्रकाश पन्तका परिवारले पनि अझैसम्म न्याय पाउन सकेका छैनन् । हत्याको बारेमा प्रहरी प्रशासनले प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि नबढाएको पीडित परिवारको गुनासो छ । त्यस्तै लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको वर्षौंसम्म उनको अवस्था अज्ञात छ ।

धनगढीस्थित क्याम्पस रोडमा डेरी व्यवसाय गर्ने दिपक खड्का परिवारसहित बेपत्ता भएको लामो समय बित्यो । तर खड्का परिवारको अवस्था हालसम्म प्रहरीले थाहा पाउन सकेको छैन् । निर्मला हत्याकाण्ड त सिंगो प्रहरी संगठनका लागि नै टाउको दुखाईको घटना बनिरहेको छ । तर दोषी पत्ता लगाउन सकिएको छैन् ।

यस्ता घटनाले सुदुरपश्चिम प्रदेशमा प्रहरीको कमजोर अनुसन्धान र कार्यसम्पादनलाई प्रतिबिम्बित गर्छ । यीबाहेक वर्षौं पुराना घटना पनि छन्, जो अहिलेसम्म सुल्झन सकेका छैनन् । प्रहरीले घटनाको अनुसन्धान जारी नै रहेको भन्ने जवाफबाटै पीडितले चित्त बुझाउनुपरेको छ ।

अपराधमा संलग्न ८२ महिला फरार

सुदूरपश्चिममा अपराध डरलाग्दो रुपमा बढ्न थालेको छ । २०७८ देखि २०८० सम्म मात्र सुदूरपश्चिममा विभिन्न अपराधका १० हजार ३३४ मुद्दा प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा तीन हजार २२८, आर्थिक वर्ष २०७९/८० मा तीन हजार पाँच सय ३ र गत आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ६ सय ३ मुद्दा दर्ता भएको पाइएको हो ।

साथै प्रहरीमा दर्ता भएका मुद्दाको समयमा सुनूवाई हुने गरेको छैन् । २०७८ मा तीन सय २२, २०७९ मा एक हजार ६६ र २०८० मा एक हजार २ सय ४ गरेर २ हजार ५९२ मुद्दाको समयमा सुनूवाई नभएको देखिएको छ । तीन आर्थिक वर्षको अवधिमा सुदूरपश्चिममा ७ हजार ६ सय ३९ पुरुष र पाँच सय ७० महिला पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिममा जबरजस्ती करणी, चोरी, लागुऔषध, हत्या, जबरजस्ती करणी उद्योग लगायत अपराधमा संकलग्न तर फरार भएकाहरुको संख्या उच्च देखिएको छ । अपराधमा संलग्न ८२ महिलासहित ६ सय २६ जना फरार छन् । सुदूरपश्चिममा मुद्दा चलाउने इकाई २०, जिल्ला प्रहरी कार्यालय ९ र इलाका प्रहरी कार्यालय ११ छन् ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी