अत्तरिया: लागूऔषधसहित कैलालीमा चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ त्रिनगर पोष्टबाट डोटीको दिपायल-सिलगडी नगरपालिका–३ का १९ वर्षीय दिपेन्द्र नेपाली १ ग्राम ७१० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट भारतको लखिमपुर खिरी सुडा बस्ने २५ वर्षीय कल्लु रानालाई १ ग्राम ४३० मिलिग्राम लागूऔषधसहित अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी जानकी गाउँपालिका–४ बेलपुरबाट सोही ठाउँ बस्ने २५ वर्षीय निरज कठरिया र २० वर्षीय अमन बडायक २ ग्राम ३१० मिलिग्राम लागूऔषध खैरोसहित पक्राउ परेका छन् ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया दिनुहोस