अत्तरिया: कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका ज्वाइँ समेत रहेका सहयोगी उमेश जोशीलाई प्रहरीले खोजी गरिरहेको छ ।
विहीबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई कुटपिट गरेका मेयरका ज्वाइँ उमेशलाई प्रहरीले खोजी कार्य जारी राखेको हो ।
कार्यकक्षमै रहेका बेला सहयोगी उमेशले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई कुटपिट गरेका थिए । कुटपिटपछि उमेश फरार छन् । प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूलाई कार्यकक्षमै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उमेश विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
किटानी जाहेरीपछि प्रहरीले उमेशको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले बताए ।








प्रतिक्रिया दिनुहोस