कञ्चनपुर: कञ्चनपुरबाट झण्डै २२ लाख मुल्यको अबैध सामान जफत गरिएको छ ।
हिजो जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्क, बेदकोट नगरपालिका-७ सुडा र पुनर्वास नगरपालिका(११ डोके बजार स्थित गुम्बा नजिकबा करिब २१ लाख ७१ हजार ५१३ मुल्यको रबरको मुकुट, प्लाष्टिक फुलको माला, सुटपिस, धोती, गम्छा, चस्माको सिसा किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
यता कैलालीको भजनी नगरपालिका-७ हिक्मतपुर घाटबाट पनि अबैध सामान जफत गरिएको छ । करिब ३८ हजार ३७० मुल्यको बिडी, सुर्ती लगायतका सामान इलाका प्रहरी कार्यालय पृथ्बिपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।








प्रतिक्रिया दिनुहोस