धनगढी: कैलालीबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट १७ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ परेका हुन।
भारतको लखिमपुरको चन्दनचौकीका २३ वर्षीय अन्सु गुप्तालाई प्रहरीले शनिवार पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस